राजनीति

सुशासन र डेलिभेरी दिन नसके सरकार बाहिर हुन्छौँः स्वर्णिम वाग्ले

Banner

काठमाडौँ,फागुन २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपाले सरकार छोड्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवासबाट बाहिरिने क्रममा नेता वाग्लेले रास्वपा शर्तसहित सरकारमा सहभागी भएको र शर्तहरु कायम नरहेको अवस्थामा सरकार छोडेर बाहिरिने दाबी गरे । ‘अहिले प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन । तर उहाँले जोखिम मोलेर जनताको अपेक्षाअनुसारको डेलिभेरी र सुशासनका लागि पहल गर्नुभयो, र आह्वान गर्नुभयो,’ उनले भने, ‘त्यहीकारण हामीले पनि उहाँलाई साथ दिएर अघि बढ्न तयार भएका छौँ । सरकारमा हाम्रो सहभागिता सशर्त हो । जनतालाई सुशासन र डेलिभेरी दिनका लागि हो । जनतालाई डेलिभेरी दिन सकेको दिनसम्म सरकारमा रहन्छौँ, र नसकेको दिन हामी बाहिर हुन्छौँ ।’ उनले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेका कारण आफूहरुले साथ दिनुपर्छ भन्ने निर्णयमा पुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>