राजनीति

कांग्रेस नेता केसीको प्रस्तावः नेपालमा हजार र ५ सयका नोट प्रतिबन्ध लगाऔैं

Banner

काठमाडौ,फागुन ९-

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महासमिति बैठकमा एकहजार र ५ सयका नोत प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेका छन् । मुलुकको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

राजनीतिमा लागेका हामीजस्ता व्यक्तिहरूले बोराका बोरा पैसा लुकाएर राखेका छन् । कोठाभरि पैसाको गोदाम नै बनाएका छन् भन्ने जनतामा भ्रमपूर्ण सन्देश पुर्‍याइएको छ । माफिया, विचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ । देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गनुपर्ने आवश्यकता छ उनले भनेका छन्,त्यसैले एकहजार र पाँचसयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ । उनले वित्तीय अराजकता र अनुशासनहीनता पराकाष्ठामा पुगेको उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>