घटना -दुर्घटना
नारायणी पुलबाट हाम्फालेका राजनलाई प्रहरीले परिवारलाई बुझायो
०

चितवन, फागुन ५-
भरतपुर महानगरपालिका वडा नं–१ स्थित नारायणी नदीको पुलबाट हामफालेका राजन सेवालाई प्रहरीले परिवारलाई बुझाएको छ ।
शुक्रबार पुलबाट हामफालेका ३३ वर्षीय सेवालाई भरतपुर अस्पतालमा सामान्य उपचारपछि शुक्रबार साँझ प्रहरीले आफन्तलाई बुझाएको हो ।
नारायणी पुलबाट शुक्रबार दिउँसो राजन नदीमा हाम्फालेको सूचनाका आधारमा विपद्सहितको प्रहरी टोली र स्थानीयले मोटरबोटको सहायताबाट उनको उद्धार गरेका थिए । गोरखा घर भई रत्ननगर–१४ पिठुवा बस्ने राजनलाई शुक्रबार साँझ उनको आमालाई बुझाइएको चितवन प्रहरीका सूचना अधिकारी श्रीराम भण्डारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले राजनले डिप्रेसनको औषधि खाने गरेको पाइएको बताए ।