अन्तर्राष्ट्रिय

मानिस पठाउने तयारीमा रहेको इरानले सलमानलाई जीव सहित अन्तरीक्षमा पठायो

Banner

इरान, मंसिर २२-

इरानले एउटा रकेटमा केही जीवहरुलाई राखेर अन्तरीक्षमा पठाएको छ ।

इरानी सञ्चारमन्त्री इसा जारेपोरका अनुसार भविष्यमा अन्तरीक्षमा मानिस पठाउने तयारी रहेको इरानले डिसेम्बर ६ का दिन रकेटमा कछुवा, मुसा र किरा राखेर अन्तरीक्षमा पठाएको हो ।

इरानले अन्तरीक्षमा पठाएको सो रकेटको नाम ‘सलमान’ हो । सलमान पृथ्वीबाट १३० किलोमिटरको उचाइमा रहेको कक्षसम्म गएको छ ।

इसाका अनुसार रकेटको माथि ५ सय केजीको क्याप्सुल थियो । रकेट र क्याप्सुल दुबै इरानमै बनेका हुन् । सोही क्याप्सुलमा ती जनावरहरुलाई राखेर अन्तरीक्षमा पठाइएको हो ।

यता पश्चिमी देशहरुलाई इरानले भने यही रकेटको मद्दतबाट परमाणु ब्यालेस्टिक मिसाइन पनि बनाउन सक्ने डर छ । प्रायः इरानले सफलतापूर्वक स्याटेलाइट वा अन्तरीक्षयान प्रक्षेपण गरेको दाबी गर्ने गरेको छ । सेप्टेम्बरमा मात्रै इरानले तथ्यांक संकलन गर्न स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको थियो ।

सन् २०२० को अप्रिलमा इरानले सैन्य स्याटेलाइट प्रक्षेपण गरेको थियो, जसको पश्चिमा जगतमा निकै आलोचना भएको थियो । तर इरानले भने आफूले कुनै परमाणु हतियार बनाउन नलागेको बताउँदै आएको छ । स्याटेलाइट तथा रकेटको प्रक्षेपण आफ्ना नागरिक तथा रक्षा क्षेत्रको भलाइका लागि रहेको उसको दाबी छ ।

इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगै विभिन्न शक्ति मुलुकहरुसँग गरेको सम्झौता अनुसार उसले परमाणु प्रविधिको प्रयोग केवल आम मानिसको भलाइका लागि मात्र गर्न सक्दछ ।

– एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>