शिक्षा

उद्यमशीलता किन ? विषयक अन्तरक्रियात्मक कार्यक्रम

Banner

चितवन, मंसिर २२-

भरतपुर महानगरपालिका–९ स्थित गुरुकुल स्कुलले ‘उद्यमशीलता किन ?’ विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा भरतपुरको बोस्टन बिआइसी स्टार्टअप्स प्रमुख एवम् उद्यमशीलता विषयका प्राध्यापक प्रेमनाथ गैरेले विषय विज्ञका रुपमा सहजीकरण गरेका थिए।

विद्यार्थीहरूलाई पढाइको अतिरिक्त विविध क्रियाकलापहरूमा पनि समावेश गराउने हेतुले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ११ मा अध्ययनरत करिब १२० जना विद्यार्थीहरु सहभागी भएका थिए।

कार्यक्रममा उद्यमशीलताको विषयमा मुख्यतया तीन वटा सन्दर्भमा चर्चा गरिएको थियो । उद्यमशीलता भनेको के हो ? उद्यमशीलताको विश्व परिवेश एवम् नेपालको परिवेशका केही दृष्टान्तहरु र उद्यमशीलता विषयमा किन चासो राख्ने भन्ने विषयमा गहन छलफल भएको थियो।

उद्यमशीलता किन ? भन्ने विषयमा विद्यार्थीहरुलाई उद्यम कसरी सुरु गर्ने भन्ने ज्ञान र सिप सिक्न, नवउद्यमको व्यवसायिक योजना कसरी बनाउने, व्यवसाय दर्ता कसरी गर्ने, आफ्नो व्यवसाय लगानीकर्ता माझ कसरी प्रस्तुत गर्ने, बिउ पुँजी कहाँकहाँबाट प्राप्त गर्न सकिन्छ ? उद्यमीहरुले के–कस्ता कार्यक्रममा भाग लिएर अगाडि बढ्न सक्छन् ? लगायतका विषयमा छलफल भएको थियो ।

व्यवस्थापन सङ्काय दिवा सत्र प्रमुख सुशील रेग्मीले सञ्चालन गरेको कार्यक्रममा पूर्व सह–प्राचार्य जेएन लामिछाने र गणित विषयप्रमुख विनोदखण्ड तिमिल्सिनाको उपस्तिथि थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>