Breaking News

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ

Banner

चितवन, मंसिर २१-

तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि चितवनमा तरकारीको मूल्यमा गिरावट आएको हो ।

महानगर फलफूल तथा तरकारी बजारका उपाध्यक्ष रामराज पाण्डेका अनुसार हिउँदमा सबैले घरघरमा तरकारी लगाउने भएकोले पनि मूल्य घटेको छ । अहिले चितवनको वर्षात्को मौसममा क्रेटको १५ सय रुपैयाँसम्म पर्ने धादिङको गोलभेँडाको मूल्य अहिले प्रतिक्रेट ३०० रुपैयाँ छ । यसबाट किसानले गाडी भाडा उठाउन पनि मुस्किल पर्ने उनले बताए ।

त्यस्तै काउली पाँचदेखि छ रुपैयाँ, बन्दा प्रतिकिलो २० रुपैयाँ, करेला ३५ रुपैयैयाँ प्रतिकिलो, आलु प्रतिकिलो ३८ रुपैयाँ, हरियो खुर्सानी ७० रुपैयाँ रहेको छ । सुकेको लसुन प्रति केजी २०० रुपैयाँमा बिक्री भइरहेको छ । प्याज भने भारतको बजारकै भर रहेको व्यवसायीहरुले बताएका छन् । अन्य तरकारीको मूल्य पनि बजारमा घटेको छ । बजारमा यतिबेला सबैभन्दा महंगो रामतोरिया किलोको १५० रुपैयाँमा बिक्री भइरहेको छ ।

धेरै उत्पादनबाट तरकारीले बजार नपाएको भन्दै कृषि ज्ञान केन्द्र भरतपुरमा दर्ता भएका कतिपय तरकारी समूहका किसानले तरकारी खेती गर्न नै छाडेका छन् । भरतपुर महानगरपालिका–२५ को जबका कृषक समूह र भरतपुर २७ को प्रगति कृषक समूहका अधिकांश किसानहरुले तरकारी खेती गर्न छाडेको कृषकहरुले बताए । प्रगति कृषक समूहमा आवद्ध किसान केदारनाथ अधिकारीले सबैले घरघरमा निर्वाहको लागि तरकारी खेती गर्न थालेपछि खासै मूल्य नपाउने भएकोले अधिकांश किसानले तरकारी खेती गर्न छाडेको नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘ एउटा किसानले तरकारी खेतीबाट केही आम्दानी गर्न थाल्ने बित्तिकै सबै किसानले एउटै तरकारी लगाउने भएकोले पनि उत्पादन बढी हुदा मूल्य घटेको छ । उत्पादन र मागको बीचमा सन्तुलन हुन नसक्दा तरकारी बिक्रीबितरणमा समस्या आयो ।’ माडी नगरपालिका–८ का खेमराज गौतम हरियाली उपभोक्ता कृषक समूहमा आवद्ध छन् । उनीहरुले केही वर्ष पहिलेसम्म तरकारी खेतीलाई निकै प्राथमिकता दिन थालेको भए पनि अहिले मूल्य आउन छाडेपछि व्यवसायिकरुपमा खेती गर्न थालेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>