खेलकुद

खेलाडीको सम्मानमा हरिवंशले गाए गीत

Banner

काठमाडौं, मंसिर २०–

हास्यकलाकार हरिवंश आचार्यले खेलाडीको सम्मानमा गाएको गीत सार्वजनिक गरेका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत गाएका हुन् ।

गीतकार डा. दीपराज थापाको शब्द रचना रहेको गीतको भिडियो पनि निर्माण गरिएको छ । भिडियोमा विभिन्न खेलाडीले खेलेका खेलका श्रव्यृदृश्य समेटिएका छन् ।

विशाल निरौलाको संगीत र एरेन्ज रहेको गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । गीतकार थापासँगै अष्ट्रेलिया निवासी सुशिला पौड्याल र गौपाल पौड्याल यो गीतका निर्माता हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>