समाचार

तीन जहाज खरिदका लागि ३ प्रस्ताव

Banner

काठमाडौँ, मंसिर १९-
नेपाल वायुसेवा निगमले तीनवटा साना जहाज खरिदका लागि सार्वजनिक गरेको बोलपत्रमा तीनवटा कम्पनीले प्रस्ताव बुझाएका छन् । नेपाल वायुसेवा निगमका अनुसार , विमान उत्पादन गर्ने एयरक्राफ्ट इण्डष्ट्रिज चेक रिपब्लिक, डोर्नियर उत्पादन गर्ने भारतको हिन्दुस्तान एरोनटीक्स लिमिटेड र क्यानेडीयन जहाज टइनअटर निर्माता कम्पनी डि ह्याभील्यान्ड एयरक्राफ्ट कम्पनीले निगमलाई जहाज बिक्री गर्न प्रस्ताव पेस गरेका छन् ।

निगमले पर्यटनमन्त्री सुदन किरातीको ‘विशेष निर्देशन’ अनुसार दुर्गम क्षेत्रमा उडान भर्न सक्ने ३ वटा साना जहाज खरिद गर्न कात्तिक ५ गते ४५ दिनको म्याद दिई आरएफपी (बोलपत्र) आह्वान गरेको थियो । बोलपत्र बुझाउने अन्तिम दिन मंगलबार थियो । ४८ अर्ब रुपैया ऋणमा रहेको निगमले सोल्टी होटलमा रहेको शेयर बिक्रि गरी झन्डै ३ अर्ब रुपैयामा तीनवटा साना जहाज खरिद गर्ने भनेको छ । यसैबीच निगमले एउटा मात्रै कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान गरेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सोधेको पत्रको जवाफ दिएको छैन ।

कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माका अनुसार निगमको बोलपत्रविरुद्ध गत सोमबार परेको उजुरीमा खरिद अनुगमन कार्यालयले निगमलाई सोधेको पत्रमा जवाफ नपठाएको बताए । ‘तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमले जारी गरेको बोलपत्रमा मिलोमतो भएको भन्दै परेको उजुरीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले निगमलाई सोधेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>