राजनीति

पक्राउ पूर्जीविरुद्ध विप्लवको पार्टीको काठमाण्डौँमा प्रदर्शन

Banner

काठमाडौं, मंसिर १९-
नेन्द्र विक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महासचिवलगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी भएपछि मशाल जुलुस निकालेको छ ।
पार्टीका कार्यकर्ताहरुले काठमाडौंको बागबजार लगायत क्षेत्रबाट मशाल जुलुस निकालेका हुन् ।

पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको थियो । काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा व्यूताएर सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>