मनोरञ्जन

शृंखलालाई पूर्वमिस नेपालहरुको सामूहिक बधाई

Banner

काठमाडौं, मंसिर १९-

पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्रेमी सम्भव सिरोहियासँग विवाहबन्धनमा बाँधिने भएकी छन् । यही मंसिर २८ गते उनले लगनगाँठो कस्ने तय भएको छ । सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।
एक वर्षभन्दा बढी समयदेखि श्रृंखला र सम्भव प्रेम सम्बन्धमा थिए । यतिबेला शृंखला र उनको परिवारलाई विवाहको तयारी गर्न भ्याइनभ्याइ छ । विवाहको खबर मिडियामा आएपछि उनलाई बधाईको ओइरो छ ।

केही दिनअघि पूर्वमिस नेपालहरुले नगरकोटमा भेला भएर श्रृंखलालाई विवाहको सामूहिक बधाई दिएका छन् । काव्या रिसोर्ट एण्ड स्पामा भेला भएर उनीहरुले श्रृंखलालाई बधाई दिए । एक दर्जन पूर्वमिस नेपालले श्रृंखलाको यो खुसीमा रमाइलो गरे ।

उक्त जमघटमा श्रृंखलासहित उषा खड्गी, प्रिया सिग्देल, जेनिशा मोक्तान, सदीक्षा श्रेष्ठ, अनुष्का श्रेष्ठ, नम्रता श्रेष्ठ, इभाना मानन्धर, मलिना जोशी उपस्थित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>