राजनीति

प्रधानमन्त्रीले गरे ३१ जना यात्रु छुटेकोप्रति दुःख व्यक्त

Banner

काठमाडौँ, मंसिर १७

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दुबई भ्रमणका क्रममा ३१ जना यात्रुहरू छुटेकोप्रति दुःख व्यक्त गरेका छन्। उनले आफूलाई दुई घण्टा अघि सार्दा सो यात्रुहरू छुट्छन् भन्ने जानकारी भए तोकिएको समयमै आफू जाने बताए। आइतबार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘यदि मलाई दुई २ घण्टा अघि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्दै छन् भन्ने थाहा भएको भए म दुई घण्टा छिटो जाँदिन थिएँ, जुन समय हो त्यही समयमा जान्थेँ। उहाँ पुगेपछि मेरो कारणले दुई घण्टा छिटो ल्याउन खोज्दा छुटेको भन्ने थाहा पाएँ।’ प्रधानमन्त्री दाहालले समग्रमा कोप २८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>