Breaking News

प्रसाईँले भने- देशको मेडिकल शिक्षा सिध्याउने तोसिमा हो, तपाईँहरूले झुक्किएर भोट दिनुभयो

Banner

ललितपुर, मंसिर १६-

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रास्वपा सांसद डा. तोसिमा कार्कीले मेडिकल शिक्षा सिध्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिवार तोसिमाकै निर्वाचन क्षेत्र लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईँले तोसिमामाथि खनिदै यो देशको शिक्षा र स्वास्थ्य क्षेत्र सिध्याउने मतियार तोसिमा नै भएको आरोप लगाए हुन् ।

प्रसाईँले भने, ‘यो डा. तोसिमा कार्कीकै क्षेत्रमा आएर म भन्छु, यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् । गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन् । तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ । यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण । अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ । खोइ त मेडिकल उद्योग ? तपाईँहरूले झुक्किएर उनलाई भोट दिनुभयो र धोका खानुभयो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>