अन्तर्राष्ट्रिय

भारतमा सुरुङमा फसेकाको उद्धारमा सफलता, बाहिर निकाल्न थालियो

Banner

काठमाडौं, मंसिर १२-

भारतको उत्तराखण्डको उत्तरकासीमा १७ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको उद्धार कार्यमा सफलता मिलेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मंगलबार सुरुङमा पाइप छिराउने काम सफल भएको बताएका हुन् ।

उद्धारकर्ता टोली सुरुङभित्र मोटो पाइप छिराएसँगै ब्रेकथ्रू भएको र अब उनीहरूलाई बाहिर निकाल्न थालिएको बताइएको छ ।

भारतको नेसनल डिजास्टर रेस्पन्स फोर्सको टोली सुरुङभित्र गएको र तीनदेखि चार चरणमा कामदारलाई बारिह ल्याइने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुरुङभित्र फसेकाहरूको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ ।

उनीहरूलाई सुरुङबाट निकालिएपछि उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र चिन्यालीसौरमा ल्याइने बताइएको छ । टाइम्स अफ इन्डियाबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>