Breaking News

नेपाल सुपर लिगः काठमाडौं र चितवन भिड्दै

Banner

चितवन,मंसिर १२-

नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र काठमाडौं रेजर्सबीचको खेल हुँदै छ । खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । अघिल्लो संस्करणको विजेता काठमाडौं रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले पराजित गरेको थियो । एफसी चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्सले खेलिरहेका छन् ।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>