राजनीति

नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ: माधव नेपाल

Banner

काठमाडौं, भदौ ५-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिए।

उनले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताए। उनले राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताए।

उनले भने, ‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ। एउटा परराष्ट्र नीतिको बारेमा थियो। त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ। त्यसको कार्यान्वयनमा जोड दिऔँ। सबै पार्टीको बीचमा साझा सहमति बनाएर राष्ट्रिय हाम्रो प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ। किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन्। त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ। त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>