Breaking News

शिक्षकसंगको वार्ता आजै टुंगोमा पुर्‍याउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन

Banner

काठमाडौँ, असोज ५–

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पुर्‍याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन् ।

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गरेका हुन् ।

शिक्षकहरुले विभिन्न माग राखेर बुधबारदेखि काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् । शिक्षकहरु आन्दोलनमा जाँदा अहिले देशैभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>