Breaking News
तीजको दिन नारायणीमा पौडी खेल्न गएका एकै घरका दुई बालकको डुबेर मृत्यु
०

चितवन,असोज १-
नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एउटै घरका दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षीय सविन कुमाल र ९ वर्षीय सङ्म कुमालको नदीमा डुबेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार एकैघरका दुवै दाजुभाइ नारायणी नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो ३ बजेतिर नदीमा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले पौडी खेल्ने क्रममा बेपत्ता भएकै स्थानबाट दुवै दाजुभाइलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा १४ वर्षका सविनलाई दिउँसो ३ः२० बजे र ९ वर्षका सङ्गमको दिउँसो ३ः५० बजे अस्पतालले मृत घोषणा गरेको जानकारी दिनुभयो ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>