मौसम
यी जिल्लाका नदीमा आज बहाव बढ्न सक्ने
०

काठमाडौं,भदौ १४-
देशका केही साना नदीमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, कास्की, पर्वत, म्याग्दी, लमजुङ, बागलुङ र स्याङजा भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ रहने पूर्वानुमान छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>