क्रिकेट
नेपाली महिला क्रिकेट टोली हङकङ प्रस्थान
०

काठमाडौं,जेठ २७-
एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न नेपाली महिला टिम आज बिहान ११ बजे हङकङ प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ ९क्यान०ले आज बिहान ७ बजे नै राष्ट्रिय टिमको बिदाइ गरेको थियो ।
नेपालले यस प्रतियोगितामा समूह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोलीसँग खेल्नेछ । समूह बीमा बंगलादेश, मलेसिया, श्रीलंका र दुबई छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
खेल हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>