राजनीति

प्रचण्डले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिइयोः शेखर कोइराला

Banner

काठमाडौं, जेठ २७-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिएको बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउन अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिएको बताएका हुन् ।

उनले तीन वटै अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले लोतन्त्रलाई कमजोर बनाउने बताए। ‘तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मशी सुक्न नपाउँदै माफी दिनुभयो। हामी जस्ताले त्यसलाई कसरी हेर्नेरु,’ उनले भने, ‘यी कुराहरू अत्यन्त गम्भिर हुन्छन् भोलीका दिनमा। सरकार टिकाउन यी कुराहरू गर्दाखरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरूरी छ।’

उनले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नु परेको उनको तर्क थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>