Breaking News

चितवनको तापक्रम ४२ डिग्री पुग्यो,चल्न थाल्यो तातो हावा ‘लु’

Banner

चितवन,जेठ २६-

चितवन,नवलपुरसहित तराईका जिल्लामा पछिल्लो साता गर्मी ह्वात्तै बढेको छ । चितवनको तापक्रम केही बर्ष यताकै धेरै आज (शुक्रबार) मापन गरिएको छ । भरतपुर विमानस्थलको ताप मापन यन्त्रमा शुक्रबारको तापक्रम ४२ डिग्री मापन गरिएको कार्यालयले नारायणी अनलाइनलाई जानकारी दिएको छ ।  यो केही बर्ष यताकै धेरै तापक्रम हो ।

चितवनमा गर्मीले जनजिवन समेत प्रभावित भएको छ । नारायणगढ र भरतपुर क्षेत्रमा तातो हावा ‘लु’ चलेको छ । बजार र सडक क्षेत्रमा निकै कम मात्रामा सर्वसाधारण हिडेका छन् । जिल्लामा दुई साता अघिदेखि पानी परेको छैन । एक सातादेखि चितवनको तापक्रम ३९ डिग्रीभन्दा माथि छ ।

मौसमविद्हरुले गर्मी अझै बढ्ने र लु लाग्ने भन्दै बाहिर ननिस्कन सचेत गराएका छन । चितवनका मुख्य बजारहरु नारायणगढ, टाँडी,पर्सा,चनौली लगाएतका क्षेत्रमा मानिसको चहलपहल निकै कम भएको व्यवसायीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>