राजनीति
प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदै
०

काठमाडौँ,जेठ २६–
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ । जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो ।
समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् । समितिमा प्राप्त उजुरी उपर आइतबार बस्ने सुनुवाइ समिति बैठकमा छलफल हुनेछ । समितिले उजुरीकर्तासँग छलफल गरेपछि कार्कीसँग सोधपुछ गर्नेछ ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>