आर्थिक
राष्ट्रियसभा बैठकआज बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
०

काठमाडौँ,जेठ २६-
आज राष्ट्रिय सभा बैठक बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः३१ बजे बैठक सुरु हुनेछ । आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहने र त्यसमाथि उठेका जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । आज अर्थमन्त्री महतले जवाफ दिए पछि सम्भवतः आज राष्ट्रिय सभाबाट बजेट पारित हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>