चितवन विशेष

बच्चाले खाने खानेकुरा भेटियो अखाद्य, ठूलो परिमाणको अखाद्य वस्तु नष्ट

Banner

चितवन, जेठ २६–

भरतपुर महानगरपालिकाको नेतृत्वमा भइरहेको बजार अनुगमनमा क्रममा बच्चाले खाने खानेकुरा अखाद्य भेटिएको छ । अनुगमन टोलीले ठूलो मात्रामा अखाद्य वस्तु बरामद गरि नष्ट गरेको छ ।

भरतपुर–२ को रामेश्वर मन्दिर नजिक रहेको न्यु श्रिराम कन्फेक्सनरी उद्योगमा जनप्रतिनिधिसहितको अनुगमन टोलिले छापा हानेर मिठाईका ५१ बट्टा बरामद गरेको थियो । खाद्य वस्तु उत्पादनका लागि अत्यावश्यक पर्ने अनुज्ञापत्र नलिईकन उद्योग सञ्चालन भएको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए ।

सोहि ठाउँमा रहेको शिवबाबा फुड फ्रोडक्सलाई पाँच हजार रुपैयाँ जरिवाना तिराइएको छ भने तीन दिनभित्र अनुज्ञापत्र लिन निर्देशन दिइएको छ । त्यस्तै, भरतपुर–२ को बालकुमारी चोकका पसलले बच्चालाई लक्षित गरेर तयार गरिएको अखाद्य वस्तु विक्री वितरण गरेको पाइएको महानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख ठानेश्वर सापकोटाले बताए । केहि पसल महानगरमा दर्ता समेत नभएकाले दुई दिनभित्र दर्ता हुन आउन निर्देशन दिइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>