अपराध
चितवनमा एनआईसी एशिया बैँकमा व्यक्तिको खाताबाट एक लाख रुपैयाँ गायब, प्रहरीले छानबिन गर्दै
०

चितवन, जेठ २५-
एनआईसी एशिया बैँक हाकिमचोकबाट व्यक्तिको खाताबाट एक लाख रुपैयाँ हराएको छ ।
जेठ २३ गते भरतपुर–१० की अनिता गौतम दवाडीको खाताबाट सो रकम हराएको हो ।
अनिताका श्रीमान् गंगाधर दवाडीले बिगत पाँच वर्षदेखि सञ्चालन गरिरहेको खाताबाट एकाएक एक लाख रुपैयाँ गायब भएपछि आश्चर्यमा परिएको बताए । उनले भने, ‘ सबै कारोबार चेकबाट मात्र गरेका थियौं । कुनै अनलाइन बैकिङको सेवा पनि लिएका थिएनौं । अचानक पैसा गायब भयो ।’ पैसा हराएको भन्दै उनीहरुले चितवन प्रहरीमा उजुरी पनि दिएका छन् ।
चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले पैसा हराएको बारेमा प्रहरीमा उजुरी परेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ हामीले छानबिन गरिरहेका छौं । प्रारम्भिक अध्ययनमा खल्ती एपबाट पैसा टान्सफर भएको देखिन्छ । पैसा कता कसले गायब ग¥यो भन्ने अनुसन्धान भइरहेको छ । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>