देश/प्रदेश

नेपालमा भ्रष्टाचार नगर्ने मान्छे को छ भनेर खोज्नुपर्ने समय आयोः भट्टराई

Banner

काठमाडौँ, जेठ २५-

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मान्छे पाउन मुस्किल भएको टिप्पणी गरेका छन् ।

बिहीवार भक्तपुरमा पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अब नेपालमा भ्रष्टाचार नगर्ने मान्छे को छ भनेर खोज्नुपर्ने समय आयो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘हामीले सङ्घर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको दिशामा लैजाने एउटा न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित हाम्रो पार्टी बनेको हो । देशमा भ्रष्टाचारको चरम विकृति छ, अहिले त भ्रष्टाचार नगर्ने मान्छे कोही छ भनेर खोज्नुपर्ने समय आएको छ । यस्तो ठूलो सङ्क्रामक रोगबाट हामी गुज्रेका छौँ । त्यसको अन्त्य गरी देशमा सुशासन दिने र हाम्रै कार्यकालमा सबैको निम्ति समृद्धिको लक्ष्य प्राप्त गर्नुपर्नेछ । हामी नेपाललाई बदल्न सङ्कल्पसहित हिँडेका अगुवाहरूको यो पार्टी हो । पुराना र नयाँ भुल्काका रूपमा उदाइरहेका शक्तिहरूभन्दा फरक नेपाल समाजवादी पार्टी हो ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>