बलिउड/हलिउड
रणवीर र आलिया ‘रामायण’ मा राम-सीता बन्दै, रावणको भूमिकामा यश!

काठमाडौं, जेठ २५-
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खानको फिल्म,आदिपुरुषु चर्चामा छ। यसैबीच नितेश तिवारीको निर्देशनमा फिल्म, रामायणु बन्ने चर्चा सुरू भएको छ।
ओम राउतले निर्देशन गरेको फिल्म, आदिपुरुषु मा प्रभासलाई रामको भूमिकामा देख्न सकिन्छ भने सैफ अली खानलाई रावणको। कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन्।
यी तीन पात्रको कहानी नितेशको फिल्ममा पनि देखिनेछ। तर कलाकार फरक हुनेछन्।
भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार ुरामायणु मा रामको भूमिकामा रणवीर कपूर, सीताको भूमिकामा आलिया भट्ट र रावणको भूमिकामा यश देखिनेछन्। निर्माण टिमले यस खबरलाई पुष्टि गरेका छैनन्।
हालै नितेश तिवारी र आलिया भट्टबीच भेट भएको थियो। त्यसपछि उनले सीताको भूमिकाका लागि फिल्म साइन गरेको चर्चा चलेको हो। रामको भूमिकाका लागि रणवीर लुक्स परीक्षण गरिएको समेत बताइएको छ।