कृषि

अपाङ्गता भएका नागरिकलाई भरतपुर महानगरले बाड्यो उन्नत जातको बाख्रा

Banner

चितवन, जेठ २५-

भरतपुर महानगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो ।

भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका नागरिकका अभिभावक संघ चितवनले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना सहयोग कार्यक्रमअन्तर्गत रहेर बाख्रा बितरण गरेको हो ।

कार्यक्रममा बाख्रा बितरण गर्दै उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको प्रष्ट पारे । बाख्रा बितरण कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने संकेत हो उपमेयर अधिकारीले भने, ‘यो एउटा सानो बीउ पुँजी हो । भरतपुर महानगरपालिका घर आगनको स्थानीय सरकार भएको हुँदा सबैलाई अपनत्व हुने गरी सरकारको सेवा तल्लो तहका नागरिकसम्म पु¥याएको उनको टिप्पणी छ । अहिलेलाई महानगरपालिकाले सांकेतिक रुपमा पाँच वटा उन्नत जातका बाख्रा बितरण गरेको भए पनि आगामी दिनमा यो कार्यक्रम निरन्तर भइरहने पनि उपप्रमुख अधिकारीले बताए । यो कार्यक्रम एक घर एक रोजगारीको अबधारणामा रहेको समेत उनको टिप्पणी छ ।

भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामग्री बितरण, ब्रेल अर्थात् सेतो छडी बितरण, शैक्षिक सामग्री बितरणलगायतका अन्य थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यसका अलवा महानगरपालिकाले समावेशी शिक्षाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेल, अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीलगायतले बोलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>