अन्तर्राष्ट्रिय

‘लिभिङ’ पार्टनरद्वारा प्रेमिकाको हत्या- शव काटेर कुकरमा पकाए, त्यसपछि कुकुरलाई खुवाए

Banner

काठमाडौं,जेठ २५-

भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६ वर्षीय पुरुषले आफ्नै ३६ वर्षीया पार्टनरको बीभत्स हत्या गरेका छन् ।

रिपोर्टका अनुसार उनले आफ्नै प्रेमिकाको हत्या गरेर उनको शवलाई टुक्रा९ टुक्रा बनाई कुकरमा पकाएर कुकुरलाई खुवाएका छन् ।

सञ्चार माध्यमहरूका अनुसार उनीहरू बिच केही कुरालाई लिएर झगडा भए पश्चात् उनले आवेगमा आफ्नी प्रेमिकाको हत्या गरेका थिए । पीडकको नाम मनोज साहनी हो । उनी विगत ३ वर्षदेखि मीरा रोड क्षेत्रस्थित आकाशगंगा भवनको सातौँ तल्लामा सरस्वती वैद्य नामकी महिलासँग लिभङमा बस्दै आएका थिए ।

फ्ल्याटबाट दुर्गन्ध आएसँगै बुधवार छिमेकीले यस बारे प्रहरीलाई जानकारी गराए तत्पश्चात् यो घटना सार्वजनिक भएको बताइएको छ । आरोपित केही दिन देखि कुकुरलाई केही खुवाइरहेको देखिएको छिमेकीले बताएका छन् । यस कारण उनले शरीरका केही भाग कुकुरलाई खुवाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्राप्त भएका शरीरका भागहरू सडिसकेका अवस्थामा रहेको कारण सो हत्या केही दिन अगाडि भएको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>