नवलपुर

अझै खुलेन कावासोती नगरपालिकाको ताला

Banner

नवलपुर,जेठ २३-

कावासोती नगरपालिकाभित्र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको माग राख्दै कांग्रेस निकट नेविसंघले नगरपालिका कार्यालयमा लगाएको ताला आज पाँचौ दिनसम्म पनि खुल्न सकेको छैन । मेयरको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको छ ।

शैक्षिक सुधारका लागि पटक–पटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले चासो नदिएपछि कावासोती नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा गत शुक्रबार तालाबन्दी गरेको नेविसंघका जिल्ला अध्यक्ष हरि सुवेदीको भनाइ छ । त्यसअघि उनीहरुले नगरपालिकामा धर्ना समेत दिएका थिए । निःशुल्क शिक्षा, संस्थागत विद्यालयमा बर्सेनि भर्ना र अतिरिक्त शुल्क वृद्धि गर्न नपाइने, संस्थागत विद्यालयमा बर्सेनि पाठयपुस्तक परिवर्तन गरेर नगरपालिकाले कमिसन खाने परिपाटीको अन्त्य हुनुपर्ने र विद्यालयको शुल्क बन्द हुनुपर्ने लगायतका माग अघि सारेको अध्यक्ष हरि सुवेदी बताउँछन् ।

वार्तामा बस्नका लागि पटक पटक समय माग्दा पनि मेयरले बेवास्ता गरेको नेविसंघको आरोप छ । कावासोतीका मेयर विष्णप्रसाद भुसालले नगरपालिकाभित्र पूरै निस्शुल्क शिक्षा गर्न आर्थिक रुपले थेग्न नसकिने भएकाले तत्काल पूर्ति गर्न नसकिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>