चितवन विशेष
भरतपुर-१५ मा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो,एक घाइते
०

चितवन,जेठ २२-
चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज अपरान्ह ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका १५ जानकी चोकमा ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बोलेरोको ठक्करबाट मोटरसाइकल चालक भरतपुर महानगरपालिका १५ बस्ने ५० वर्षीय विरेन्द्र राउतको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट घाइते राउतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४१ वर्षीय राजकुमार नेपाली घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक राउतको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>