नवलपरासी

नवलपरासीमा साथीसँग मिलेर डाटा केबलले घाँटी कस्दै श्रीमतीले गरिन श्रीमानको हत्या

Banner

नवलपरासी, जेठ २२-

नवलपरासीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

नवलपरासीको रामग्राम नगरपालिका १४ पर्सावलकी हशिवुन निशाले भारतीय साथीसँग मिलेर २९ वर्षीय श्रीमान अब्दुल नसिम खाँको हत्या गरेकी हुन् ।

प्रहरीका अनुसार निशाले बिहीबार राति मोबाइलको डाटा केबलले घाँटी कसेर श्रीमानको हत्या गरिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको बताए।

हत्या गर्न सहयोग गर्ने भारतीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी भएपनि उनको नाम प्रहरीले खुलाएको छैन र उनको खोजी कार्य जारी छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>