शिक्षा

गर्मी बढेसँगै विद्यालय एक महिनाका लागि बन्द

Banner

काठमाडौँ, जेठ २२-

एक साता यता तराईका जिल्लामा तातो हावासहित अत्यधिक गर्मी बढेको छ।

बिहानैदेखि घाम चर्केर घर बाहिर निस्किन नसक्दा रूपन्देहीका कतिपय पालिकाहरूले विद्यालय बिदा गरेको छ । तिलोत्तमा नगरपालिकाले सूचना जारी गर्दै झन्डै एक महिना विद्यालय बन्द गरेका हो। नगरपालिकाले जारी गरेको सुचना अनुसार जेठ २२ आज (सोमबार) देखि असार १७ गतेसम्म नगर भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा भएका छन् ।

पछिल्लो केही दिन यता रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुको अधिकतम तापक्रम ४२ डिग्री हाराहारी पुगेको छ। मौसम विज्ञान महाशाखाका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना नभएकोले तापक्रम बढ्न सक्ने अनुमान गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>