खैरहनी

थाकस चितवन क्षेत्र न.७ को अध्यक्षमा रामेश्वर चौधरी निर्वाचित

Banner

जितेन्द्र चौधरी

चितवन, जेठ २०–

थारु कल्याणकारीणि सभा चितवन (थाकस) क्षेत्र नम्बर ७ को अध्यक्षमा रामेश्वर चौधरी निर्वाचित भएका छन् ।

छैठौं अधिबेशन अन्तरगत आज (शनिबार) भएको मतदानबाट नयाँ कार्यसमिति चयन गरिएको हो । दुई पटक स्थगित भएको अधिवेशन आज मतदानबाट टुंगो लगाइएको हो । यसअघि अध्यक्षमा ५ जनाले उम्मेदवारी दिएपनी अन्तिममा दुई जनाबिछ प्रतिस्पर्धा भएको । अध्यक्षमा निर्वाचित रामेश्वरले ८६ मत प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी चुडामणी चौधरीले ७५ मत प्राप्त गरे । चुडामणी निवर्तमान अध्यक्ष समेत हुन् ।

यस्तै उपसभापतिमा बिमला चौधरी (९० मत), सुरेन्द्र चौधरी (७४ मत) र गुजेश्वरी महतो (७५ मत) निर्वाचित भएका छन् । ३ जना उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो । त्यस्तै सचिबमा दिलिप चौधरी र सह(सचिबमा सुर्य विक्रम चौधरी सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा जितबहादुर चौधरी ९५ मतका साथ निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी कौशिला चौधरीले ६३ मत प्राप्त गरिन् ।

त्यस्तै सदस्यहरुमा बिक्रमिया चौधरी, रन्जित चौधरी, मनोज चौधरी, सरोज चौधरी, राजकुमार दहित, संजय महतो, बिकन महतो थारु र कालिका चौधरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिए । निर्वाचनमा कुल २१० मत रहेकोमा १७१ मत खसेको थियो ।

थाकस क्षेत्र न। ७ ले मुख्य गरि बर्सेनि खिचरा महोत्सव आयोजना गर्दै आइरहेको छ । थाकसले थारु सङ्ग्रहालय समेत स्थापना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>