चितवन विशेष

चितवनका प्रदेश स्वास्थ्य मन्त्री जोशीले ज्येष्ठ नागरिक अक्षयकोषमा एक लाख रुपैयाँ सहयोग गर्ने

Banner

चितवन, जेठ २०-

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले जेष्ठ नागरिक संघ चितवनले स्थापना गर्न लागेको अक्षयकोषमा एक लाख सहयोग गर्ने भएका छन् ।
संघले आज गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री जोशीले आफ्ना बुबा– आमाको नाममा सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

संघले एक करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरी ज्येष्ठ नागरिकको सेवामा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले ज्येष्ठ नागरिकको स्वास्थ्यमा सरकारले ध्यान दिनुपर्ने बताए । वृद्वावस्थाका नागरिकहरुको सुरक्षा र स्वास्थ्यमा राज्य गम्भीर बन्न नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री जोशीले प्रदेश सरकारले जनताको पक्षमा छ भन्ने देखिने गरी काम गर्ने बताए । हरेक नागरिकको समस्यामा सरकार भएको अनुभूति हुने गरी काम गर्छाै उनले भने । कार्यक्रममा भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, संघका उपाध्यक्ष माधव घिमिरे, राम जानकी आश्रमका महासचिव रामेश्वर खनाललगायतले ज्येष्ठ नागरिकका समस्याका बारेमा बोलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>