राजनीति

बालकृष्ण खाणले आफ्नो दुई श्रीमती र परिवार संख्याका विषयमा अदालतमा दिए झुटो बयान

Banner

रुपन्देही,जेठ २०-

पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो दुई श्रीमती र परिवार संख्याका विषयमा अदालतमा झुटो बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाणको शुक्रवार बयान लिने क्रममा आफ्नो दुई श्रीमती र परिवार संख्याका विषयमा अदालतमा झुटो बयान दिएका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिँदै इजलास अधिकृतले तपाईँको परिवारमा कति सदस्य हुनुहुन्छ, आर्थिक व्यवस्था सम्बन्धमा खुलाइदिनुहोस् भनेर २१ औँ सवालमा सोधेको प्रश्नमा उनले जवाफ दिएका छन्-मेरो परिवारमा म, श्रीमती, छोराछोरी र मेरो आमा गरी पाँच जनाको सदस्य छौँ । बुटवलमा एउटा घर छ सो घरबाट घर भाडा आउँछ, जग्गा जमिनबाट पनि भाडा आउँछ । जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ । काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधा नगरमा भएको जमिनबाट भाडा आउँछ । यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ ।

नेता खाणको दुई श्रीमती भएको विषय सबैलाई जानकारी छ । जेठी श्रीमती दिलमाया खाण ठकुरी रुपन्देहीको तिलोत्तमा ८ स्थित पुरानो घरमा बस्छिन् । उनी त्यहीको एक आधारभूत विद्यालयको स्थायी शिक्षिका हुन् । कान्छी श्रीमती मञ्जु खाण हुन् । अहिले नेपाली कांग्रेसको समानुपातिकबाट संघीय सांसद छन् । मञ्जु काठमाडौंमा बस्छिन् ।

हालसम्म दिलमाया र मन्जुको भेट नभएको परिवारकै सदस्यहरू बताउँछन् । अदालतको बयानमा नेता खाणले बुवाआमाको नाम बताएपनि श्रीमतीहरूको नाम र परिवारका सदस्यको संख्या ढाँटेका हुन् । बालकृष्णले २०४३ सालमा दिलमायासँग मागी विवाह गरेका हुन् ०५२ सालमा मन्जुसँग प्रेम विवाह गरेका हुन् ।

दिलमायातर्फ दुई छोरी र मञ्जुतर्फ एक छोरा र एक छोरी छन् । यसरी उनको परिवारको संख्या दुई श्रीमती, ४ छोराछोरी, आमा र आफू गरेर ८ हुन्छ तर उनले ५ जना भएको बयान दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>