चितवन विशेष
भरतपुरको ईन्द्रपुरीमा आँखा शिविर, ४६६ जनाले गरे परीक्षण

चितवन, जेठ २०-
भरतपुरको ईन्द्रपुरीमा भएको आँखा शिविरमा ४६६ जनाको आँखा परीक्षण गरिएको छ ।
अधिकृत व्यवसायी संघ चितवन, भरतपुर आँखा अस्पताल, नेपाल नेत्र ज्योति संघ–चितवन र श्री माध्यमिक विद्यालय इन्द्रपुरीको संयुक्तआयोजनामा आज निःशुल्क आँखा शिविर गरिएको हो ।
शिविरमा तीन वर्षदेखि ९२ वर्षसम्मका बालबालिका तथा बृद्धबृद्धाहरू गरी जम्मा ४६६ जनाको आँखा परीक्षण गरिएको अधिकृत व्यवसायी संघ चितवनका अध्यक्ष नारायण प्रधानले जानकारी गराए । आँखा परीक्षण गरिएकाहरू मध्ये १५५ जनालाई चस्मा बितरण गरिएको छ । १४ जनामा मोतीबिन्दु भएका बिरामीहरूलाई निःशुल्क शल्यक्रियाका लागि भरतपुर आँखा अस्पतालमा रिफर गरिएको अध्यक्ष प्रधानले बताए । शिविरमा संघका कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ ‘राजु’ले चस्मा तथा मेडिकल खर्चहरू सौजन्य गरेका हुन् ।
भरतपुर आँखा अस्पतालका आँखा बैँक संयोजक छाया श्रेष्ठको सहयोगमा श्रीराम त्रिपाठी र मनोज न्यौपानेले उक्त कार्यक्रम संयोजन गरेको हुन् । कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रद्युम्न सापकोटा, निवर्तमान अध्यक्ष रवि श्रेष्ठ, उपाध्यक्ष रामजी घिमिरे, महासचिव मनोज रौनियार, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ ‘राजु’, सचिव कुलप्रसाद अधिकारी, सदस्यहरूउद्धवप्रसाद अधिकारी, निर्मल ढकाल, निरेशकुमार सिंहलगायत आयुषपौडेल, सुभाष सापकोटा, मनिषा पौडेल, सृष्टि पौडेल, श्रीकान्त अधिकारीको सहभागिता रहेको थियो ।