खेलकुद

सन्दीपलाई दक्षिण अफ्रिका र जिम्बाब्वे पठाउने तयारीमा कानुन व्यवसायी

Banner

काठमाडौँ, जेठ २०-

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका र जिम्बाब्वे पठाउने तयारी भएको छ । लामिछानेलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल र जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पठाउने तयारी भएको हो।

कानुन व्यवसायीले अन्तर्राष्ट्रिय खेल अवधिभरका लागि अदालतको सुनुवाइ स्थगित गरेर लामिछानेलाई अफ्रिका र जिम्बाब्वे पठाउने तयारी गरेका हुन् । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले निरन्तर मुद्दाको सुनुवाइ प्रक्रिया ढिला भएकाले फर्केपछि सुनुवाइ गर्ने गरी सम्मानित अदालतलाई तारिखको व्यवस्था गर्न अनुरोध गर्दै निवेदन गर्ने तयारी भएको छ । तर, अदालतको निवेदनपछि मात्रै सन्दीप अफ्रिका र जिम्बाब्वे जाने तय हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>