Breaking News
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला?
०

काठमाडौं, जेठ १९-
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ चार पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ।
त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउनले एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ।
भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।
हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी प्रति सिलिण्डर १८ सय रुपैयाँ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>