चितवन विशेष

चितवनमा बसोबास गर्ने ४० प्रतिशत बढी नागरिक बाहिरी जिल्लाका

Banner

निरुता विक

चितवन, जेठ १८

चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म चितवन बाहिर रहेको छ ।

तथ्याङ्क कार्यालयका प्रमुख यज्ञमूर्ती भण्डारीका अनुसार चितवनको कुल जनसंख्या सात लाख १९ हजार ८५९ मध्ये दुई लाख ८८ हजार ६६३ व्यक्तिअन्य जिल्लाबाट आएर बसोबास गरेका हुन् ।

जिल्लामा ५२.८ प्रतिशत मानिसको जन्म र अहिलेको बसोबास एकै पालिकामा रहेका छ । जन्मस्थान रहेको स्थानीय तहमा बसोबास गरेकापुरुष ५७.३ प्रतिशत र महिला ४८.५६ प्रतिशत रहेका छन् । त्यसैगरी, चितवनमा ७४.८प्रतिशत घर आवासको लागि प्रयोग भएका छन् । राष्ट्रिय जनगणना २०७८ को तथ्याङकअनुसार जिल्लाको कुल घरमध्ये ७४.८ प्रतिशत अर्थात एक लाख ४५ हजार ७३८ आवासको लागि प्रयोग भएका हुन् ।

जिल्लाभर कुल एक लाख ९४ हजार ७१२ वटा घर संरचना रहेको तथ्याङ्क कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए । यस्तै गोठ–धन्सार–मतान ७.७ प्रतिशत, भान्सा घर ४.७ प्रतिशत, खाली घर ४.३ प्रतिशत,व्यापार ४.८ प्रतिशत, शैक्षिक भवन ०.९ प्रतिशत, बाँकी अन्य घरमा उद्योग तथा कलकारखाना रहेको तथ्याङ्क कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै संस्थागत तथा सरकारी ०.९\०.८ प्रतिशत होटल तथा लज ०.७ प्रतिशत स्वास्थ्यजन्य ०.२ प्रतिशत तर बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।

यस्तै परिवारमा बसोबास गर्ने सदस्य औसतमा ४.०१ जना रहेका छन् । औसत परिवार सदस्य संख्या जिल्लाको इच्छाकामना गाँउपालिकामा सबैभन्दा बढी (४.४७ जना) र माडी नगरपालिकामा सबैभन्दा कम(३.७८जना) रहेका छन् । यस्तै राप्ती नगरपालिकामा ४.३८ जना, कालिका नगरपालिकामा४.२६ जना, खैरहनी नगरपालिकामा४.११ जना, परिवार सदस्य संख्या रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख गरेको छ । भरतपुर नगरपालिकमा ३.८२ जना, रत्ननगर नगरपालिकामा ४.०१ जना परिवार सदस्य संख्या रहेका छन् ।

यस्तै जिल्लामा कुल एक लाख ७९ हजार ३४५ परिवार रहेका छन् । तीमध्ये एक लाख १७ हजार ९८४ अर्थात् ६५.७९ प्रतिशत परिवारमूली पुरुष रहेका छन् भने बाँकी ६१ हजार ३६१ परिवार अर्थात ३४.२१ प्रतिशत परिवारमूली महिला रहेका छन् । माडी नगरपालिकामा सबैभन्दा धेरै अर्थात ३८.८२ प्रतिशत परिवारमा महिला परिवारमूली रहेका छन् । इच्छाकामनामा गाउँपालिकामा सबैभन्दा कम २६.६३ प्रतिशत परिवारमा महिला परिवारमूली रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>