राजनीति

भारतको नक्शामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक होः गोकुल बाँस्कोटा

Banner

काठमाडौं,जेठ १६-

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्शामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक भएको बताएका छन् । मंगलवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा यो स्वीकार्न सक्दैन भन्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘भारतको नयाँ संसद् भवनमा राखिएको र सांस्कृतिक भनेर प्रचार गरिएको नक्शामा नेपालका ऐतिहासिक स्थान समावेश गर्नु आपत्तिजनक कुरा हो । हामीले विशाल नेपालका त्यस्तै स्थान समेटेर उस्तै कार्य गरे भारतको प्रतिक्रिया कस्तो हुन्थ्यो होला ? प्रमको भारत भ्रमणमा नेपालले यो स्वीकार्न सक्दैन भन्नैपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>