चितवन विशेष

चितवनका पाँच क्याम्पसका प्राध्यापकहरुलाई पाठ्यक्रमको बारेमा तीन दिने अभिमुखीकरण

Banner

चितवन, जेठ १६-

चितवनका पाँच क्याम्पसका व्यवस्थापन संकायमा प्राध्यापन गर्ने प्राध्यापकहरुको तीन दिने अभिमुखीकरण आज सकिएको छ ।

सप्तगण्डकी रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा बीबीए र बीआईएम तहमा प्राध्यापन गर्ने प्राध्यापकहरुलाई पाठ्यक्रम र प्राध्यापन रणनीतिको बारेमा सो अभिमुखीकरण दिइएको हो ।

आइतबारबाट सुरु भएर आज सकिएको सो अभिमुखीकरण कार्यक्रममा चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी कलेज, इन्टरनेशनल कलेज, प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेस र इन्द्रणी कलेजका ३२ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले उद्घाटन गरेको अभिमुखीकरण कार्यक्रममा व्यवस्थापन संकायका पूर्वसहायक डिन ध्रुवराज पोखरेल र डा प्रकाश श्रेष्ठले सेमिनार पेपर लेखन, प्रश्नपत्र निर्माण, मूल्यांकन परिपाटी, घटना विश्लेषणलगायतका विभिन्न विषयमा अवगत गराएका थिए । अभिमुखीकरण कार्यक्रमले बीबीए र बीबीआईएमको समेस्टर तहको पठनपाठको गुणस्तरीय र प्रयोगात्मक विकासमा सहयोग पुगेको कार्यक्रम संयोजक अनोज जोशीले नारायणी अनलाइनलाई बताए ।

कार्यशालाको उद्घाटन शत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो र रिसर्च म्यानेजमेन्ट सेलका संयोजक डा कपिलदेव सुवेदी अभिमुखीकरण कार्यक्रमको उद्देश्य र महत्वको बारेमा अवगत गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>