राजनीति
टीकापुर हत्याकाण्डमा मारिएका इन्सपेक्टरकी श्रीमतीको रिट सर्वोच्चमा दर्ता, भोलि सुनवाइ
०

काठमाडौं,जेठ १६-
टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृतककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ ।
उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन ।
चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटको पेशी बुधबारका लागि तोकिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>