मौसम
कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
०

काठमाडौं, जेठ १४–
हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। यी तीन प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>