भिडियो

टिकटकमा भाइरल ‘बादल वर्षा बिजुली’, गीतकार करुण थापाको असन्तुष्टि

Banner

काठमाडौँ, जेठ १३-

अहिले टिकटकमा ‘बादल वर्षा बिजुली’ बोलको गीत भाइरल भइरहेको छ।

२० वर्षअघि चलचित्र ‘कर्तव्य’का लागि आफूले रचेको उक्त गीतमा आफ्नो नाम नराखिएकामा गीतकार करुण थापाले आश्चर्य प्रकट गरेका छन्। संगीतकार सचिन सिंह तथा गायक आनन्द कार्की र प्राश्ना शाक्य रहेको उक्त गीतमा गीतकार र संगीतकारको नाम नराख्नाका साथै गायिकाको नाम पनि गलत लेखिएको गीतकार थापाले बताएका छन्।

‘अचम्म छ– २० वर्षअघिको चलचित्र ‘कर्तव्य’को गीत ‘बादल वर्षा बिजुली’, जसको रचना मेरो हो, संगीत सचिन सिंह र गायन आनन्द कार्की र प्राश्ना शाक्यको हो’, गीतकार थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले टिकटकमा भाइरल भएको छ।‌ त्यसमा गीतकार, संगीतकारको नाम छैन र गायिकाको नाम पनि गलत लेखिएको छ। के गर्नेरु’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>