देश/प्रदेश

बुटवलका व्यवसायी माधव नेपाल सम्पर्कविहीन

Banner

रुपन्देही,जेठ १३-

बुटवलका ढुवानी व्यवसायी माधव नेपाल सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । बुटवल उपमहानगरपालिका–४ ट्राफिकचोकका नेपाल शुक्रबार विहान ६ बजेदेखि सम्पर्कविहीन भएका हुन् । शुक्रबार विहान लु ८६ प १२४८ नम्बरको स्कुटर लिएर घरबाट निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो । उनले प्रयोग गर्ने मोबाइल भने घरमै छाडेका छन् ।

सम्पर्कविहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले हिजो नै बुटवल र चरंगे क्षेत्रका होटलमा खोजबिन गरेको थियो । तर उनी कतै फेला परेका छैनन् । परिवारजन र आफन्तले राखेको सूचना अनुसार नेपाललाई देख्ने जो कसैले ९८६७४०३१९९, ९८५७०२५५२८ र ९८५७०३२५६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।

उनले प्रयोग गर्ने स्कुटी सुनौलीको एक पसलमा भेटिएकाले भारततर्फ लागेको निकटस्थहरूको अनुमान छ । लामो समयदेखि व्यवसाय र विभिन्न संघसंस्थामा नेपालको सम्पर्कविहीनताले सशंकित बनाएको सामाजिक सन्जालमा व्यवसायीहरूले लेखेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>