खेलकुद

भरतपुरलाई खेलकुदमा अब्बल बनाउने योजना छः उपमेयर अधिकारी

Banner

चितवन, जेठ १०-

भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले अब्बल खेलाडी उत्पादन गर्ने महानगरको लक्ष्य रहेको बताएका छन् ।

वडा खेलकुद विकास समिति भरतपुर–१२ को आयोजनामा आज देखि सुरु भएको अन्तर टोलस्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्ला वर्षहरुमा महानगरपालिका सबै क्षेत्रमा अब्बल साबित हुँदै गएको भन्दै उपप्रमुख अधिकारीले खेल क्षेत्रमा पनि हाम्रो महानगरलाई अब्बल बनाउने योजना रहेको दाबी गरे । उनले महानगरपालिका एक वडा एक खेल मैदानको अवधारणामा अगाडि बढेको समेत प्रष्ट पारे । अब वडास्तरबाटै खेलाडीको पहिचान गरी आउन जरुरी छ उपमेयरले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि महानगर जस्तोसुकै कदम चुकाउन पनि तयार छ ।’

उनले खेलकुदको क्षेत्रमा भरतपुर महानगरपालिका अग्रणी स्थानमा रहेको उल्लेख गर्दै खेलकुदकर्मीहरुले यसको बढी भन्दा बढी फाइदा लिन सबैमा आग्रह गरे । भरतपुर महानगरपालिकाले विकास सँगसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको उनले प्रष्ट पारे । स्वस्थ्य जीवनयापनका लागि अन्य क्रियाकलापहरु जस्तै खेल पनि एक महत्वपूर्ण अंग भएको उपप्रमुखको ठहर छ ।

प्रतियोगितामा भरतपुर–१२ का २३ वटा टोल मध्ये १७ वटा टोल सहभागी भएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगिता रामबेल सामुदायिक वनको मैदानमा आयोजना गरिएको छ । आजको उद्घाटन खेलमा कालिका टोल र पोख्रेली टोल भिडेका छन् । आज नै हुने दोस्रो खेलमा राधाकृष्ण टोल र सहयोगी टोल भिड्ने वडा खेलकुद विकास समिति भरतपुर–१२ का उपाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>