Breaking News

नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो,सडक अबरुद्ध

Banner

चितवन,जेठ ८-

सुख्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउसो २ः३५ बजेको समयमा इच्छाकामना गाँउपालिका ६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधनहरु सडकमै रोकिएका छन् ।

तस्विरः मनोज घिमिरे

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>