कर्णाली

सुर्खेतमा जेठ १३ गते पूर्वराज ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने

Banner

सुर्खेत,जेठ ७-

पूर्वराजा ज्ञानेन्द्र शाहको यही जेठ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । नागरिक अभिनन्दन समारोहमा पूर्वराजा, रानी र राजपरिवारका केही सदस्यहरू पनि सुर्खेत आउने कार्यक्रम रहेको नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ । जेठ १३ गते दिउँसो २ बजेबाट वीरेन्द्रनगरको घण्टाघर अगाडिको खुल्ला मञ्चमा नागरिक अभिनन्दन समारोह हुनेछ । आइतबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले सुर्खेतको विकासमा स्वर्गीय राजा वीरेन्द्रको महत्त्वपूर्ण योगदान रहेकोले नागरिक अभिनन्दनको आयोजना गरिएको जानकारी दिए ।

उनले भने, ‘सुर्खेतको अहिलेको जुन अवस्था छ । यो अवस्था निमार्ण गर्नको लागि स्वर्गीय राजा वीरेन्द्रले २०२९ सालमा सुर्खेतमा पहिलो पटक सवारी भएर वीरेन्द्रनगरको एउटा खाका बनाउनुभएको थियो । त्यो खाका बनाउने क्रममा राजाका साथमा त्यतिखेरका अधिराजकुमार ज्ञानेन्द्र र अधिराजकुमार नरेन्द्र दुवै भाइहरू पनि बुलबुले भन्दा पूर्वपट्टिको खेतमा स्थापना गरिएको क्याम्पमा बसेर यसको उहाँहरूले यसको खाका निमार्ण गर्ने क्रममा राजाका तीनैजना दाजुभाइहरूको योगदान देखेका थियौ । र यही महत्त्वपूर्ण योगदानका कारणले पनि सुर्खेतमा राजाको नागरिक अभिनन्दन गर्न लागिएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>