चितवन विशेष

नारायणगढको शुभ पेट्रोल्याण्डद्धारा माडीको रेडहिल युनाईटेड क्लवलाई प्रशिक्षण सामग्री सहयोग

Banner

चितवन, जेठ ५–

नारायणगढको लायन्सचोकमा रहेको शुभ पेट्रोल्याण्ड प्रा.लि.ले खेलाडीहरुलाई प्रशिक्षणका लागि सहयोग हुने गरि प्रशिक्षण सामग्री सहयोग गरेको छ । माडी–४, स्थित रेडहिल युनाईटेड फुटबल क्लवलाई प्रशिक्षणको क्रममा आवश्यक खेल सामग्रीहरु शुभ पेट्रोल्याण्डले सहयोग गरेको हो ।

एक कार्यक्रमकाबीच शुभ पेट्रोल्याण्डका संचालक सबल पियाले क्लवका प्रमुख सुजन ढकाललाई उक्त प्रशिक्षण सामग्री प्रदान गरेका थिए । भर्खर मात्रै स्थापना भएको रेडहिल युनाईटेड फुटबल क्लवले स्थानीय प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । सिमित स्रोतसाधनमा प्रशिक्षण गर्दै आइरहेका खेलाडीहरुलाई आगामि दिनमा प्रशिक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यले खेल सामग्रीहरु सहयोग गरिएको पियाले बताए ।

उनले आफ्ना हजुरबुवा स्वर्गीय जीतबहादुर पियाको स्मृतिमा करिव ८ हजार रुपैयाँ बराबरको उक्त सामग्री सहयोग गरेका हुन् । यस्तै पियाले सोही क्लवका उत्कृष्ट खेलाडी रवि रानाभाटलाई समेत नगद सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा संकटा फुटबल क्लवका पूर्व खेलाडी आशिष मास्के, तिलक इन्जिनियरिङका संचालक अर्जुन बस्ताकोटीलगायतको विशेष उपस्थिति रहेको थियो । शुभ पेट्रोल्याण्डका संचालक सबल पियाको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष सुजन ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन मोहन तिवारीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>